नेशनल हाइड्रोपावरले १९.५ प्रतिशत लाभांश दिने, हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

३ बर्ष अगाडि

काठमाडौँ - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश र हकप्रद प्रस्ताव गर्दै २५औं वार्षिक साधारण सभा बोलाएको हो । 

सभा फागुन ३० गते अनलाइनको माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९।५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यसैगरी, कम्पनीले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको १०:५ को अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुकक्लोज गर्ने भएको छ । 

त्यसैले, फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्रै लाभांश लिन र साधारण सभामा भाग लिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया