काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १९ जीवन बीमा कम्पनीहरूले ६९ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
सार्वजनिक विवरण अनुसार जीवन बीमा कम्पनीको उक्त खुद बीमा शुल्क १२.१३ प्रतिशतले बढेको हो । कम्पनीहरूले गत वर्षको यही अवधिमा ६२ अर्ब ३८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए ।
यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन नेपाल लाइफले १८ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफको मात्रै २५.८९ प्रतिशत बजार हिस्सा रहेको छ । गत वर्षको यही अवधिमा २७.३९ प्रतिशत थियो । विगत केही वर्षदेखि नेपाल लाइफको बजार हिस्सा भने लगातार घटिरहेको छ । हिस्सा घटे पनि बीमा शुल्क आर्जन भने लगातार बढिरहेको छ ।
यस्तै सबैभन्दा कम बीमा शुल्क आर्जन गरेको महालक्ष्मी लाइफको वृद्धिदर भने ४३ प्रतिशत छ । कम्पनीले यस अवधिमा ६७ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गएको वर्षको तुलनामा यस वर्ष बीमा कम्पनीको बीमा शुल्कको वृद्धिदर भने घटेको छ । गएका वर्षमा २०/३० प्रतिशत भन्दा माथि रहेको वृद्धिदर यस वर्ष भने १२ प्रतिशतमा सीमित भएको छ ।
प्रतिक्रिया