काठमाडौं- जाल्पा सामुदायिक लघुवित्तले निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । गोलाप्रथाबाट बाँडफाँड भएको शेयरमा लक्की नम्बर ८ रहेको छ । ८ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ । उक्त आईपीओको बाँडफाँड टाइम्स स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडौँमा सम्पन्न भएको हो ।
अन्तिम दिनसम्ममा २७ लाख ९ हजार ८ सय ५५ जनाले आवेदन दिएका थिए । जसमध्ये, २५ लाख ८७ हजार ४ सय १२ जना योग्य थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४८ हजार ७ सय ९० जनाले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ ।
कम्पनीले गत माघ २१ गतेदेखि माघ २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो।
प्रतिक्रिया