काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ५२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० जनाले कोरोनाबाट मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै ३९३५ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७३ हजार ५९ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ४१२ जनामा पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ९ लाख ३८ हजार ५५३ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८९२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् ।
प्रतिक्रिया