काठमाडौं-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले बाराको निजगढस्थित हंग्री फास्ट फुडमा १५ प्रतिशत छुट पाउने भएका छन्।
सिटिजन्स बैंकको कार्डबाहकलाई हंग्री फास्ट फुडमा १५ प्रतिशत छुट दिने समझदारी भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउनेछन्।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ। मोबाइल बैंकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानीजस्ता सुविधा बैंकले प्रदान गर्दै आएको छ।
बैंकले हलसालै मोबाइलबट कार्डलेस विथड्रल सेवाको पनि सुरुआत गरेको छ। यो सुविधामार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन्। यसबाहेक बैंकले मोबाइलबाटै मुद्दति खाताको आवेदन दिन सक्ने व्यवस्थासमेत गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९२ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
प्रतिक्रिया