काठमाडौं-नेपाल स्टक एक्सचेन्ज (नेप्से) फेरी ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।
नेप्सेमा हिमालयन डिस्टिलरी, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सको कुल १ करोड ५९ लाख ९२ हजार ५२६.३४ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
जसमा हिमालयन डिस्टिलरीको ६५ लाख ७ हजार ७६७.८१ कित्ता, मुक्तिनाथ विकास बैंकको ८४ लाख ५६ हजार ३००.५३ कित्ता र आईसीएफसी फाइनान्सको १० लाख २८ हजार ४९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
गत आर्थिक वर्षका लागि यी कम्पनीहरुले वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
गत आर्थिक वर्षका लागि हिमालयन डिस्टिलरीले ७५ प्रतिशत, मुक्तिनाथले १७.५७५ प्रतिशत र आईसीएफसी फाइनान्सले १० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
प्रतिक्रिया