६९ लाख ७९ मूल्य पर्ने फोर्स गोर्खा नेपाली बजारमा भित्रियो, औपचारिक लन्च केही दिन पछि गरिने

३ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा फोर्स गोर्खा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स गोर्खा गाडी परीक्षणको लागि भित्र्याएको छ ।

फोर्स गोर्खा पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि हाल बीएस६ इन्जिन सहितको अपग्रेडेड गोखो भित्रिएको हो ।

भारतमा समेत यसको माग अत्यधिक भएकाले यसको मूल्य समेत बढाइएको छ । भारतमा यसको मूल्य १४ लाख १० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा यसको मूल्य ६९ लाख ७९ हजार हुने कम्पनी स्रोतको अनौपचारिक भनाइ छ । यद्यपि कम्पनीले अझै नेपाली बजारमा यसको मूल्य सार्वजनिक गरेको छैन ।

आगामी दिनमा यसको औपचारिक लन्च गरिने र मूल्य समेत सार्वजनिक गरिने छ । नयाँ फोर्स गोर्खामा बीएस६ इन्जिनयुक्त २.६ लिटर डिजेल इन्जिन दिइएको छ, जसले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनका साथ हाइड्रोलिक रुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड मर्सिडिज जी–२८ गियरबक्स दिइएको छ । सो इन्जिन अल ह्विल ड्राइभ सिस्टम र लो–रेन्ज ट्रान्सफर केसका साथ फ्रन्ट र रियर लकिङ डिफ्रेन्सियलका साथ आउछ ।

एड्भेन्चर शौखिनका लागि यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल सामेल छ । त्यसैगरी यसमा अफरोडिङ टायर उपलब्ध छ । कम्पनीले यसका डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १६ इन्चको ट्युबलेस टायर राखेको छ । यसको चारैतिर अफरोड क्लेडिङ उपलब्ध छ ।

यसको क्याबिनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी तथा नेभिगेसन सपोर्टका लागि टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया