काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा पहिरो नै गएको छ । नेप्से परिसूचक उच्च अंकले घट्दा १३ वटै उपसमूह ओरालो लागेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको छ । नेप्से ३.६१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १५.६२ अंकले घटेर ५११.६६ विन्दुमा झरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२७ वटा कम्पनीको एक करोड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर घटेको छ ।
आइतबार कारोबार रकममा अपर तामाकोशीले अग्रता कायम गरेको छ । कम्पनीको ३२ करोड ८४ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज जम्मा ५ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटै म्यूचूअल फण्डहरू हुन् ।
प्रतिक्रिया