नेप्सेमा सूचीकृत भयो दुई बैंकको बोनस शेयर,कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई बैंकको बोनस सेयर सूचिकृत भएको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार एक सय ७६ दशमलव ४२९० कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यस्तै, लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया