काठमाडौं-साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कारोबार सुरु भएको पौने ४ घण्टाको अवधीमा नेप्सेमा कम्पनीको ३ लाख ३८ हजार ३४० कित्ता शेयर खरिदमाग भएको छ भने ९० हजार ४५० कित्ता शेयर बिक्री माग भएको हो ।
यस्तै, कम्पनीको शेयरमूल्य ३.९४ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु. ४१४ पुगेको छ ।
यसैगरी, सोही अवधीसम्म कम्पनीको ५ लाख ६० हजार ४७४ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ २ करोड ३१ लाख ५९ हजार बढीको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया