काठमाडौं - चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १८ वटा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ९८ करोड ८८ लाख ९३ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
सार्वजनिक वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त कम्पनीहरुको खुद मुनाफा ४.४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले २ अर्ब८ करोड १५ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा निर्जीवन बीमा कम्पनीहरु अधिकांशको मुनाफामा गिरावट देखिएको छ ।
प्रतिक्रिया