अपि पावरको प्रतिशेयर आम्दानी घटेर रु.१०.३७, कति कमायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं-अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको  वित्तिय विवरण सार्वजनिक गरेको छ।

वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३०.०५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २४ करोड १९ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट २९ लाख ७२ हजार रुपैयाँ आम्दानी भएको छ। 

चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार २१.८० प्रतिशतले घटेर २३ करोड २३ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २९ करोड ७० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिशेयर आम्दानी पनि १४.८४ रुपैयाँबाट घटेर १०.३७ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०८।४२ रुपैयाँ रहेको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया