काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनलले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७२/०७३ को नगद लाभांश लिन आग्रह गरेको छ ।
कम्पनीले एक सुचना जारी गर्दै उक्त नगद लाभांश नलिएका शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको शेयर रजिष्ट्रार सिबिआईएल क्यापिटल बाटुलेघर डिल्लीबजार काठमाडौंमा सम्पर्क राख्न आग्रह गरेको छ ।
साथै, तोकिएको अवधि भित्र नगद लाभांश लिन नआएमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि जानकारी दिएको छ ।
प्रतिक्रिया