काठमाडौं-साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा नकरात्मक पहिरो गएको छ ।
कम्पनीको कारोबार सुरु भएको १० मिनेटमै नेप्से परिसुचक ६३.०९ अंकले घटेर २७३८.४७ को बिन्दुमा पुगेको छ ।
१० मिनेटको अवधीसम्म नेप्सेमा १७६ कम्पनीको कारोबार भएको छ । उक्त कम्पनीहरुको ९ लाख ४७ हजार १८५ कित्ता शेयर कारोबार हुदाँ ५२ करोड ५१ लाख ७४ हजार बराबरको शेयर कारोबार भएको छ ।
१७६ कम्पनीमध्ये सो अवधीसम्म ३ कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ कम्पनीको शेयरमूल्य घटेको छ ।
प्रतिक्रिया