काठमाडौं-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको छ ।
कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको हो । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको ३ लाख १४ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो।
वि.सं. २०६९ माघ २८ गते २ लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण गत पुस २७ गते मृत्यु भएको थियो।
कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर ९ज्ञानु० ले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिलनाथ फुयाललाई मृत्यु दाबीको चेक रकम हस्तान्तरण गरे।
प्रतिक्रिया