काठमाडौं- गत साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेको छ। अघिल्लो साता २८७६.७४ विन्दुमा बन्द भएको नेप्से, गत साता ७५.१८ अंक अर्थात २.६१ प्रतिशत घटेर २८०१.५६ विन्दुमा झरेको छ।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।यस्तै,ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिएको छ। यी दुई इएमएहरु एक आपसमा क्रस हुन लागेको देखिन्छ। यदि यस साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई काटेर तल लागेमा त्यसले बजारमा घट्ने संकेत गर्दछ। र यदि यी दुई बीचको दूरी बढेमा त्यसले बजारमा खरिदकर्ताको चाप बढेको संकेत गर्दछ।
यस साता नेप्सेले साप्ताहिक रुपमा बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।
प्रतिक्रिया