नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
कम्पनीको ४० प्रतिशत हकप्रद शेयर समायोजन भएको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ८१९ रुपैयाँ २९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार १०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया