काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १० करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३ प्रतिशतले घटेको हो ।
समिक्षा अवधिमा ४२ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५५ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ प्रतिशतले घटेको छ ।
यस अवधिमा ४२ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५५ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ प्रतिशतले घटेको छ ।
साथै २३ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी सामान्य प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
१ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३६ करोड ५९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४३ करोड ७ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको छ ।
कम्पनीको बीमा कोषमा १ अर्ब ७ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ९७ करोड ३२ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको होे ।
समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२३ रुपैयाँ ८६ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५८.१७ गुणा रहेको छ ।
प्रतिक्रिया