हकप्रद शेयर निष्काशन गरी बिक्री नभएको शेयर आजबाट लिलामीमा बिक्री गर्दै एचआईडीसीएल

४ बर्ष अगाडि

काठमाडौं - हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) को संस्थापक शेयर आजदेखि लिलामीमा बिक्रीमा आएको छ । कम्पनीले ३ करोड ३० लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो । 

कम्पनीले हकप्रद शेयर निष्काशन गरी बिक्री नभएको शेयर लिलामीमा बिक्री गर्न लागेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । 

ईच्छुक आवेदकले फागुन ५ गतेसम्म उक्त लिलामी शेयरमा आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको १० अंकले भाग जाने संख्यामा आवेदन दिनु पर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया