आजबाट कन्सुलर सेवा त्रिपुरेश्वरको नयाँ भवनबाट

३ बर्ष अगाडि

काठमाडौं - कन्सुलर सेवा विभागले आगामी आजदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ । विभागले आइतबार एकदिन टेलिफोन सेवा अवरुद्घ हुने भएपनि सोही कार्यालयबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । 

कन्सुलर सेवा अन्तर्गत विदेशमा रहेका नेपालीहरुका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधाकरीहरुलाई प्रदान गरिने सुविधा तथा उन्मुक्ति, नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरुका लागि सम्बन्धित देशको प्रवेशाज्ञाको लागि सिफारिस गर्ने लगायतका कार्यहरु पर्दछन् ।

विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रवाह गर्दै आएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया