८० लाख रकम लिएर सहकारी संस्थाका संस्थापक अध्यक्ष फरार

४ बर्ष अगाडि

काठमाडौं - झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख बढी रकम लिएर तीन महिना अघिदेखि फरार रहेका खुलासा भएको छ ।

दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारी सहित विभिन्न सात व्यक्तिको ८० लाख बढी ऋण रकम लिएर फरार भएको खुलासा भएको हो । अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ । 

पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको २१ लख, दमक–५ का राजु गौतमको चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको आठ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको दुई लाख, कमल गाउँपालिका–४ का गौरी राईको दुई लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको ६ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।

अध्यक्ष खनालले संस्थाको बचत रकम सहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्क विहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते  लिखितरूपमा जानकारी गराएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया