काठमाडौं - नेपाली क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् ।
बैंग्लोरमा सम्पन्न पहिलो दिनको अक्सनमा उनलाई अनुबन्ध गर्न कुनै पनि टोलीले चासो नदेखाएका हुन् । सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु थियो ।
उनी पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका थिए । सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए ।
सन् २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारुमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका उनले ९ खेलमा १३ विकेट लिए ।
सन् २०१८ मा तीन खेल खेल्दा पाँच विकेट लिएका सन्दीपले सन् २०१९ मा ६ खेलबाट आठ विकेट हात पारे । उनी सन् २०२० मा भने बेन्चमै सीमित भएका थिए ।
प्रतिक्रिया