काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
देशभर २६१०२ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया