एसियन लाइफ र प्राइम लाइफको वित्तिय विवरण सार्वजनिक, कुनमा को अब्बल ?

४ बर्ष अगाडि

काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स कम्पनी र  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको महिलोे त्रैमासिक सम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन् । 

एसियन लाइफ इन्स्योरेन्स
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा खुद बीमा शुल्क आर्जन ८.२१ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले तीन अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यही अवधिमा तीन अर्ब १३ करोड रुपैयाँ थियो ।

बीमा शुल्कमा सुधार देखिए पनि मुनाफा भने १८ प्रतिशतले घटेको छ । कम्पनीले ६ महिनाको अवधिमा १४ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिमा १७ करोड ६० लाख रुपैयाँ थियो ।

कम्पनीको दाबी भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिमा ७६ करोड ८४ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षमा ४२ करोड ७६ लाख रुपैयाँ थियो ।

कम्पनीले यस वर्ष अभिकर्ताहरूलाई ४३ करोड ३२ लाख रुपैयाँ कमिसन दिएको छ । गत वर्षको यही अवधिमा ३८ करोड ६९ लाख रुपैयाँ दिएको छ । यस वर्ष कुल बीमा शुल्क आर्जन तीन अर्ब ४६ करोड रुपैयाँ आर्जन गर्न सफल कम्पनीले हालसम्म भने ३३ अर्ब रुपैयाँ संकलन गरिसकेको छ । 

चुक्ता पूँजी २ अर्ब एक करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १४ रुपैयाँ छ । जगेडा कोषमा ९६ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १७ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासिक अवधिमा भने १९ करोड ३६ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिमा नोक्सानी बापत एक करोड ३४ लाख रुपैयाँ व्यवस्था गरेकाले पनि मुनाफामा गिरावट देखिएको हो ।

खुद बीमा शुल्क आर्जन भने १५ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको अभिकर्ता कमिसन भने घटेको छ । गत वर्ष अभिकर्ताहरूलाई २३ करोड २ लाख रुपैयाँ कमिसन दिएको प्राइमले यस वर्ष भने २२ करोड ५५ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा आएको गिरावट सँगै कमिसन घटेको हो ।

दाबी भुक्तानी भने बढेको छ । कम्पनीले समीक्षा अवधिमा मात्रै ५६ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जबकी गत वर्ष ४९ करोड ६१ लाख रुपैयाँ मात्रै थियो ।

चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १२ रुपैयाँ छ । जगेडा कोषमा ४९ करोड १७ लाख रुपैयाँ छ । जीवन बीमा कोषमा भने १६ अर्ब ६१ करोड रुपैयाँ जम्मा गरेको छ । गत वर्षको यही अवधिमा भने १३ अर्ब ९ करोड रुपैयाँ मात्रै थियो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया