नेपाल लाइफ इन्स्योरेन्सद्धारा दुई दिनमै ३ लाख १४ हजार दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै उक्त भुक्तानी गरेको हो ।

कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको ३ लाख १४ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो । माघ २८ गते २ लाखको बीमा गराएको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण गत पुस २७ गते मृत्यु भएको थियो ।

कम्पनीले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिलनाथ फुयाललाई मृत्यु दाबीको चेक रकम हस्तान्तरण गरेकोे हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया