ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई भ्यालेन्टाइन्स डे को अवसरमा २०० क्यासब्याक

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेको अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । 

बैंकका ग्राहकहरुले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्ना प्रियहरुसंग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा “मेरी उनीलाई” लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० रूपैयाँसम्म क्यासब्याक पाउने छन् ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया