काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोष १०३.७९ प्रतिशले वृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष २ अर्र्ब ३९ करोड ८१ लाख थियो । यस वर्षको पौष मसान्तमा उक्त रकम ४ अर्व ८८ करोड ७१ लाख पुगेको छ ।
यसका साथै कम्पनीले गत आर्थिक वर्षको पौष मसान्तसम्ममा कुल बीमा शुल्क १ अर्व ४० करोड २१ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा २ अर्व ४८ करोड ३१ लाख संकलन गर्न सफल भएको छ । बीमा शुल्क आर्जन ७७.१० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको जगेडा तथा कोषको आकार पनि ७९ करोड ६४ लाखबाट ११।७२ प्रतिशतले बढेर ८८ करोड ९८ लाखको उचाई पुगेको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४१.६० प्रतिशतको वृद्धि गरी ३२ करोड ७९ लाख पुगेको छ ।
प्रतिक्रिया