सिद्धार्थ इन्स्योरेन्सद्धारा ६ महिनामा ३३ करोड ४३ लाख बीमा दाबी भुक्तानी,  बीमा कोषमा १ अर्ब ७ करोड ४९ लाख

४ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ३.०६ प्रतिशतले बढीको हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । समिक्षा अवधिमा ६० करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५३ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११ दशमलव ८२ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ७ करोड ४९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ९० करोड ८ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको होे ।

१ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४० करोड ६४ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड ७२ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ३३ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १३।१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ५५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ २१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २३९ रुपैयाँ ७३पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४०.०७ गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया