प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८२ पैसा पुुगेकोे नागरिक लगानी कोषको आम्दानी सँगै बढ्यो खुद नाफा

४ बर्ष अगाडि

काठमाडौं - नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ३८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १९.५७ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी १९.११ प्रतिशत बढेको छ भने कुल खर्च १४.०५ प्रतिशत बढेको छ ।

नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रुपैयाँ ३२ पैसाबाट १५ रुपैयाँ ५० पैसा घटेर २३ रुपैयाँ ८२ पैसा पुगेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घटेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया