काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २४ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेकोे चालु आर्थिक वर्षकोे दोस्रो त्रैमासम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार गत वर्षको यहि अवधिमा २४ करोड १४ लाख रुपैयाँ थियो । खुद बीमा शुल्क आर्जनमा भने १।६४ प्रतिशतले गिरावट देखिएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ७३ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
गत वर्षको यहि अवधिमा ७४ करोड ४५ लाख लाख रुपैयाँ थियो । कुल बीमा शुल्क आर्जन भने २ अर्ब ३५ करोड रुपैयाँ छ । कम्पनीको खुद दाबी भुक्तानी ७.२९ प्रतिशतले बढेको छ । कम्पनीले समिक्षा अवधिमा ३९ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ३७ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ६९ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ । बीमा कोषमा एक अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ ।
प्रतिक्रिया