युनियन लाइफका अभिकर्ताले ६४ करोड ८८ लाख पाए कमिसन, बीमा शुल्क आर्जन २४.३९ प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २४.३९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा तीन अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । गत वर्षको यही अवधिमा तीन अर्ब २० करोड रुपैयाँ थियो ।

। कम्पनीले ६ महिनाको अवधिमा ७ करोड ८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यही अवधिमा ६ करोड ३५ लाख रुपैयाँ थियो । यो मुनाफामा ११.५६ प्रतिशतले सुधार भएको हो ।

बीमा कम्पनीको दाबी भुक्तानी ५७.७३ प्रतिशतले बढेको छ । कम्पनीले एक अर्ब ४० करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यही अवधिमा ८९ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको थियो । बीमा शुल्कमा आएको सुधार सँगै कम्पनीको जीवन बीमा कोष पनि ५८ प्रतिशतले सुधार भएको छ । कम्पनीको जीवन बीमा कोषमा ९ अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ ।

अभिकर्ताले ६४ करोड ८८ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् । गत वर्षको यही अवधिमा ६२ करोड १८ लाख रुपैयाँ पाएका थिए । प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको छ । जगेडा कोषमा एक अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया