काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्र्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुुलनामा २३.७९ प्रतिशतले घटेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ११ करोड आर्जन गरेको थियो । त्यस्तै मुनाफामा पनि ६ प्रतिशतले गिरावट देखिएको छ ।
कम्पनीले ७ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ८ करोड ४१ लाख रुपैयाँ थियो । बीमा शुल्क आर्जनमा गिरावट आउदै गर्दा दाबी भुक्तानी भने १९१ प्रतिशतले बढेको छ । कम्पनीले समिक्षा अवधिमा ८७ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
बीमा शुल्कमा आएको गिरावट सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशन पनि ४१ प्रतिशतले घटेको छ । अभिकर्ताले १९ करोड ५६ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा ३३ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
जीवन बीमा कोष भने २३ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा जीवन बीमा कोषमा ११ अर्ब ४८ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा ९ अर्ब ३२ करोड थियो । कम्पनीको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा भने जम्मा ५० करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी भने ७ रुपैयाँ मात्रै छ ।
प्रतिक्रिया