पठाओ इन्स्योरेन्स हेल्पलाइन सुरु, चौबीसै घण्टा बीमा र दुर्घटना सम्बन्धी कुरा गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं - राइड सेयरिङ प्लाटफर्म पठाओले पठाओ इन्स्योरेन्स हेल्पलाइन सुरु गरेको छ ।

बीमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पूर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले पठाओ इन्स्योरेन्स हेल्पलाइन सुरु गरेको हो ।

हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने जनाएको छ । पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बीमा र दुर्घटना सम्बन्धी विषयमा कुरा गर्न ०१-९५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचे पछि विभागीय विशेषज्ञले आवश्यक परामर्श दिने पठाओले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया