काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले निक्षेपमा गरेको ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । शुक्रबार बिज्ञप्तिमार्फत निक्षेपको ब्याजदर वृद्धि नगर्न महासंघले आग्रह गरेका हो ।
महासंघले कोभिडका कारण साना ठूला सवै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहे र उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा संचालन हुन नसकेकोले उत्पादित वस्तुहरुको विक्री वितरणबाट उठनु पर्ने रकम समेत बजारबाट उठन नकिएकोे अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको जनाएको छ ।
महासंघले एक बिज्ञप्तिमा जारी गर्दै यस्तो भनेकोे होे, बिज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता छ । हरेक त्रैमासमा निक्षेपमा व्याज दर वृद्धि हुदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने हाम्रो ठहर छ ।'
अनपेक्षितरुपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउं पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघ राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गरेको छ ।
प्रतिक्रिया