काठमाडौं - चालु आर्थिक वर्षको पुससम्ममा जीवन बीमा कम्पनीहरुले करिब ६ खर्ब लगानी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ५ खर्ब ८३ अर्ब ११ करोड रुपैयाँ लगानी गरेका हुन् ।
त्यसमध्ये बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८३ प्रतिशत लगानी रहेको छ । जीवन बीमा कम्पनीहरुले कुल लगानी मध्ये ५० प्रतिशत वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् । यस्तै फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा २७ प्रतिशत र विकास बैंकहरुको मुद्दती निक्षेपमा ६ प्रतिशत गरी ८३ प्रतिशत लगानी गरका हुन् ।
समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा २ खर्ब ९० अर्ब ८० करोड रुपैयाँ, फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा १ खर्ब ५४ अर्ब ३ करोड रुपैयाँ र विकास बैंकहरुको मुद्दती निक्षेपमा ३६ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेका छन् ।
प्रतिक्रिया