काठमाडौं - सनराइज बैंकले झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ । बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि विजय गौलीलार्ई प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिनेछ । सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत सेवा लिन सक्नेछन् ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यले शाखारहित इकाइ विस्तार गरिएको बैंकले बताएको छ ।
प्रतिक्रिया