फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर बढ्ने, ब्यक्तिगत निक्षेपको ब्याजदर ११ प्रतिशत माथि

४ बर्ष अगाडि

काठमाडौं - फागुन महिना देखि लागु हुने गरी वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएकाछन् । 

ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका थिए तर तरलता अभावका बढेपछि वाणिज्य बैंकहरु ब्याजदर बढाउने पक्षमा देखिएका हुन् ।

चालु महिनामा अधिकांश वाणिज्य बैंकहरुको ब्यक्तिगत मुद्दती निक्षेपमा १०।०५ प्रतिशत ब्याजदर कायम छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन जारी गरेको थियो । 

उक्त निर्देशन बमोजिम बैंकहरुले अब अधिकतम १० प्रतिशतसम्म मात्र बृद्धि गर्न सक्नेछन् । अबको बृद्धि पछि अधिकांश वाणिज्य बैंकहरुको ब्यक्तिगत निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुग्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया