नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ जना पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएको थियो । 

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७२ हजार १४१  तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ९७३ जनामा पुगेको छ । 

यस्तै २२१५ जना निको भएका छन् । संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना निको भएका छन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया