२०९८९ को परिक्षण गर्दा ११२८ मा कोरोना पुष्टि, देशभर २७४४१ सक्रिय संक्रमित

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १४ जनाले कोरोनाबाट मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै २२१५ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७२ हजार १४१  तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ९७३ जनामा पुगेको छ । 

संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ जना पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित २७ हजार ४४१ जना रहेका छन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया