करिब ४ लाख ८० हजार मूल्य अनुमान गरिएको हिरो एक्सपल्स २०० ४भी नेपाली बजारमा,यस्ता छन् विशेषता

३ बर्ष अगाडि

काठमाडौं-नेपाली बजारमा हिरो एक्सपल्स २०० ४भी भित्रिएको छ । नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले हाल परीक्षणको लागि यो मोटरसाइकल भित्र्याएको र फागुनको मध्यदेखि यसको औपचारिक बिक्री प्रारम्भ गरिने बताएको छ ।

हाल नेपाली बजारमा एक्सपल्स २०० को मूल्य ४ लाख ३ हजार ५ सय रुपैयाँ छ । नेपाली बजारमा अब उपलब्ध हुने एक्सपल्स २०० ४भीको मूल्य पछि नै तोकिने छ । यद्यपि यसको मूल्य करिब ४ लाख ८० हजारको हाराहारी हुने अनुमान गर्न सकिन्छ । भारतमा यसको मूल्य १ लाख ३० हजार भारु छ ।

नयाँ एक्सपल्स २०० ४भीले १८.८ पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ, जुन हाल प्रचलित एक्सपल्स भन्दा बढी हो । हालको स्ट्यान्डर्ड एक्सपल्स २०० ले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ ।

इन्ट्री लेवलको सो एड्भेन्चर मोटरसाइकललाई पावरफुल बनाउनका लागि अन्य धेरै अपडेट समेत गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया