अब मोबाइल एपबाटै ५ लाखसम्म कर्जा लिन पाइने, अधिकतम अवधि तीन वर्ष

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले मोबाइल एपबाट कर्जा लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको कारोबारमा उल्लेख्य बृद्धि हुँदै गर्दा राष्ट्र बैंकले यस्तो मार्गदर्शन बनाएको हो । यो सँगे अब बैंक वित्तीय संस्थाहरुमा तलबी खाता रहेको वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेको ग्राहकको हकमा अधिकतम ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सक्ने छन् । 

यस्तो कर्जाको अवधि अधिकतम तीन वर्षसम्म हुनेछ । सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल एप मार्फत कर्जा प्रवाह गर्न सम्भावित ऋणीबाट कर्जा आवेदनदेखी कर्जा असुलीसम्मका कार्यमा सहजीकरण गर्ने प्रयोजनका लागि बैंक वित्तीय संस्थाले आवस्यकता अनुसार अन्य भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई प्रतिनिधि एजेन्टको रुपमा संलग्न गराउन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया