प्रतिशेयर आम्दानी रु.११.५१ रहेको माउन्टेन हाइड्रोको नाफामा उल्लेखनीय वृद्धि, आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं-माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आवको ६ महिनामा कम्पनीले १४ करोड ३८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा १७१.२३ प्रतिशतले बढेको छ। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९.०५ प्रतिशतले बढेर ३७ करोड ४३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिजर्भ १० करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको थिो।

कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी ११.५१ रुपैयाँ, पीई रेसियो ४४.२२ गुणा र प्रतिशेयर नेटवर्थ १००.२६ रुपैयाँ रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया