काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २६ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
वित्तिय विवरण अनुसार उक्त खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा १९.८९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३२ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले १३ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३१.७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीले यस अवधिसम्ममा ७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ३.७६ प्रतिशतले गिरावट आएको हो ।
१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३० करोड २० लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २३ करोड ९८ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीको बीमा कोषमा ५७ करोड २३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ५७ करोड ३७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार घटेको हो ।
प्रतिक्रिया