काठमाडौं-तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १ करोड ७१ लाख बढी नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्म वित्तीय विवरणले यस्तो देखाएको छ ।
उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ७१ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ७९ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो ।
यस्तै, समीक्षा अवधीसम्ममा कम्पनीले बिजुली बेचेर ८ करोड ६४ लाख ५० हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ११४.७४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड २ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहँदा जगेडा कोष भने ८ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रूपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ ।
प्रतिक्रिया