१२ वर्षमा एक पटक लाग्ने मकर मेला

४ बर्ष अगाडि

काठमाडौं - १२ वर्षमा एक पटक लाग्ने पनौतीमा मकर मेला भोली सकिन्दैछ । मेला एक महिना लाग्ने गर्छ । रूद्रावती, पुण्यमाता र रोसी खोलाको दोभानमा स्नान गरेमा पाप कट्ने जनविश्वास रहेको छ ।

कुण्डमा स्नान गरी यश मूर्तिको पाउमा हत्केलामा पानी ल्याइ चडाउदा मनोकाङ्क्षा पुरा हुन्छ भन्ने जनविश्वास छ ।

मकर सङ्क्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश भएपछि १२ वर्षमा यो मेला सुरु हुन्छ । इन्द्र देवताले १२ वर्ष सम्मको तपस्या र आराधना गरी पापबाट मुक्ति पाएको जनविश्वास रहेको छ । तेस्रो लहरको कोरोना दर घटे सँगै दर्शनार्थीहरूको भिड बढेको छ । उक्त ट्राफिकलाई ट्राफिक व्यवस्थापनमा कठिन भइरहेको छ । 

गङ्गा आरती

ब्रह्मायणी

तस्विर :भरत अधिकारी 

४ बर्ष अगाडि

प्रतिक्रिया