बीपीडब्ल्यू लघुवित्तले ९७ हजार कित्ता आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं- बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ।

संस्थाले ९७ लाख रुपैयाँबराबरको ९७ हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो। 

यसैगरी बिहीबार संस्थाले आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ। 

काठमाण्डौको त्रिपुरेश्वरीस्थित मेगा क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा यस सम्बन्धमा स्रम्झौता भएको छ। 

सम्झौतापत्रमा संस्थाका निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेस्टमेन्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ३ करोड रुपैयाँ पुग्नेछ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया