एजेन्सी - विश्व फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरीयताको सूची सार्वजनिक गरेको छ । फिफाले बिहीबार नयाँ वर्ष २०२२ सुरु भएपछि पहिलोपटक जनवरी महिनाका लागि नयाँ वरीयता प्रकाशित गरेको हो ।
नयाँ वरीयताको शुचि अनुसार पहिलो नम्बरमा रहन सफल भएको छ । बेल्जियम लगातार पाँचौं वर्ष पनि फिफा वरीयताको पहिलो नम्बरमा रहन सफल भएको हो ।
यो सँगै बेल्जियमका नाममा नयाँ रेकर्ड बनेको छ । बेल्जियम फिफा वरीयता प्रकाशन गर्न थालिए पछि सबैभन्दा लामो समयसम्म शीर्ष स्थानमा रहने देश बनेको छ । बेल्जियम सन् २०१८ को सेप्टेम्बर महिनादेखि फिफाको वरीयतामा लगातार शीर्ष स्थानमा रहँदै आएको छ । २०१८ को सेप्टेम्बरदेखि फिफा वरीयतामा बेल्जियमलाई कुनै पनि देशले पछि पार्न सकेको छैन ।
नयाँ वरीयता अनुसार दोस्रो स्थानमा ब्राजिल रहेको छ । यस्तै तेस्रो स्थानमा फ्रान्स रहेको छ । त्यसैगरी, चौथो स्थानमा अर्जेन्टिना रहेको छ । यसअघिको वरीयतामा अर्जेन्टिना पाँचौं स्थानमा रहेको थियो । यसपटक उसले एक स्थान सुधार गरेर चौथो स्थानमा चढेको छ ।
यसअघि चौथो स्थानमा रहेको इंग्ल्यान्ड भने पाँचौं स्थानमा झरेको छ । शीर्ष १० मा बाँकी ८ देश भने यसअघि जुन स्थानमा थिए, यस पटक पनि त्यही स्थानमा यथावत नै रहेका छन् । मात्रै अर्जेन्टिना र इङ्ग्ल्यान्डको वरीयता तल–माथि भएको छ ।
२०२२ मा पहिलोपटक वरीयता सार्वजनिक गर्दा टप–१० सूची अघिल्लोपटककै यथावत रहेको हो । छैटौँ स्थानमा इटाली रहेको छ । सातौँ स्थानमा स्पेन यथावत रहँदा आठौं स्थानमा पोर्चुगल पनि यथावत रहेको छ । नवौँ स्थानमा डेनमार्क रहेको छ भने १०औं स्थानमा नेदरल्याण्ड्स यसअघिकै स्थानमा यथावत रहेका छन् ।
प्रतिक्रिया