नगण्य पुँजीगत खर्च

४ बर्ष अगाडि

काठमाडौं-नेपाल सरकारले राजस्व परिचालनको तुलनामा पुँजीगत खर्च कम गर्ने गरेको छ । पुँजीगत बजे करिब २५ प्रतिशत हुने गरेकोमा पहिलो ६ महिनामा यसको खर्च नगण्य हुने गरेको छ ।

उदाहरणका लागि हेर्दा आर्थिक वर्ष ०७८/०७९ को पुँजीगत बजेट ३ खर्ब ७८ अर्ब रुपैंया रहेकोमा पहिलो ३ महिनामा मात्र १४ अर्ब रुपैंया (३.७ प्रतिशत) खर्च भएको छ । 

यस्तै,उदाहरणको रुपमा नै हर्दा आर्थिक वर्ष ०७७/०७८ को पुँजीगत बजेट ३ खर्ब ५३ अर्ब रुपैंया रहेकोमा पहिलो ३ महिनामा मात्र १५ अर्ब रुपैंया (३.९ प्रतिशत) खर्च भएको छ ।

तेस्रो त्रैमासमा गएर पुँजीगत खर्च केही बढी हुने गरेको देखिन्छ । उदाहणका लागि आर्थिक वर्ष ०७५र०७६ को चैत्र मसान्तसम्ममा पुँजीगत बजेट ३ खर्ब १४ अर्ब रुपैंया मध्ये ५५ अर्ब रुपैंया (१७.५१ प्रतिशत) खर्च भएको छ ।

यसकारण प्रायःजसो हरेक आ.व.को पहिलो ६ महिनामा तरल सम्पत्ति व्यवस्थापन गर्न बैंकहरुलाई चाप पर्ने गरेको देखिन्छ ।

तर, पुँजीगत खर्च बढाउन सक्ने संयन्त्रको विकास गर्न सकिएमा विदेशी लगानी, ऋण, अनुदान आदि देशमा विभिन्न भित्रिन गइ तरलता सहज हुने देखिन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया