सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा सल्ली बजारमा

४ बर्ष अगाडि

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले सल्ली बजार, वनगाड कुपिण्डे नगरपालिका वडा नं.१ सल्यानमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । यस शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनबाट गराइएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया