६ महिनामा १५ अर्ब ४६ करोडको साधारण सेयर सूचीकृत, चुक्ता मूल्य ६ खर्ब ४४ अर्ब

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा २०७८ पुससम्ममा सूचीकृत २२५ कम्पनीहरुको कुल चुक्ता मूल्य ६ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जुन प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका हिसाबले ६ अर्ब ५४ करोड कित्ता सेयर रहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको साधारण सेयर सूचीकृत भएका छन् । यस अवधिमा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ८ अर्ब ९३ करोड बराबरको हकप्रद सेयर, ८ अर्ब १ करोड बराबरको बोनस सेयर र ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल ८२ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १ अर्ब ५७ करोड बराबरको साधारण सेयर निष्काशनका लागि अनुमति दिएको छ । यस्तै यस अवधिमा ३ अर्ब ८० करोड बराबरको डिबेन्चर, ३ अर्ब बराबरको म्युचुअल फण्ड, र १ अर्ब ४ करोड बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब ४१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया